पक्राउ परे कुख्यात मानव तस्कर ‘बिच्छी’

1.2k Shares

लन्डन । युरोपका एक कुख्यात मानव तस्कर स्कोर्पियन (बिच्छी) भनिने बार्जान मजिद इराकमा पक्राउ परेका छन् । केही दिनअघि बीबीसीले उनीबारे एक विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो ।

जसमा उनले आफूले १ हजार वा १० हजार मानिसलाई अंग्रेजी च्यानल पार गरेँ भन्ने कुरा थाहा नभएको र आफूले नगनेको बताएका थिए । उनले सुरुमा आप्रवासीलाई बेलायतमा पुर्याउने गरेकोमा पछि टर्कीबाट युरोपका अन्य देशमा पनि मानव तस्करी गर्ने गरेका थिए । अहिले भने उनी इराकको कुर्दिस्तानमा मनि एक्सचेन्ज खोलेर बसिरहेको बीबीसीले जनाएको थियो ।

उनलाई आइतबार बिहान इराकको कुर्दिस्तानबाट पक्राउ गरिएको जनाइएको छ । उनलाई आइतबार बिहान ७ बजे उनको घर बाहिर पक्राउ गरिएको कुर्दिस्तान सरकारका अधिकारीहरूले बताएका छन् । उनलाई कुनै असजिलो बिना नै पक्राउ गरिएको र उनीमाथि लगाउने अभियोग बारेमा युरोपेली प्रहरी र अभियोजकसँग कुरा भइरहेको ती अधिकारीले बताएका छन् । बेलायतको नेसनल क्राइम एजेन्सीले पनि उनी पक्राउ परेको पुष्टि गरेको छ । बीबीसी

सम्बन्धित समाचार