नेप्से सूचक २८.६२ अंकले बढ्यो

1.4k Shares

काठमाडौँ । मंगलबार नेप्से सूचक २८ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.६० अंकले बढ्दै ३६०.२६ अंकमा उक्लिएको छ । यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 
 
आज १३ वटै उपसूचक धनात्मक हुँदा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अन्य दर्जनौँ कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेको छ ।  सरकारले बजेटको तयारी गर्दै गर्दा नेप्सेमा पनि सुधार भएको हो । 
सम्बन्धित समाचार