नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने

1.5k Shares

काठमाडौँ । सरकारले हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्ने भएको छ ।  सङ्घीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बलिउड र हलिउडका चलचित्र निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने बताए ।

पौडेलले उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गर्ने तयारी सरकारको रहेको बताए ।

 

सम्बन्धित समाचार