यूबा तथा खेलकुदमन्त्री बिराज भक्तको आँटिलो कदम

3.4k Shares

काठमाडौं । माननीय यूवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले छोटो समयमै खेलकुद क्षेत्रमा देखाएको चासो, खेलकुदका सम्पूर्ण संघहरूप्रति मन्त्री देखाएको सकारात्मक कदमका कारण खेल क्षेत्रले नयाँ उर्जा पाएको खेलकुदकर्मीहरुले महसुस गरेका छन् ।
ओलम्पिक खेलसँग आबद्ध खेललाई पहिलो प्राथमिक्तामा राखेर उनिहरूको समस्यामा सम्बोधन हुने बिचार र अन्तर्राष्ट्रिय मान्यताका आधारमा खेललाई हेरिने बचनबद्धता राख्दै खेलकुदमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने बिचार मन्त्री श्रेष्ठले राखेपछि खेलाडी तथा खेलकुदका विभिन्न संघका पदाधिकारीहरुमा खेलकुद क्षेत्रमा अब केही हुन्छ भन्ने आशा जागेको छ ।
हुन पनि पहिले खेलकुद मन्त्रालय भनेको राष्ट्रिय खेलकुद परिषदले गरेका निर्णय कार्यान्वयन गर्ने संस्थाका रूपमा पाइन्थ्यो । राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष भनेको खेलकुद मन्त्री नै हो । तर अध्यक्षको निर्णय र जानकारी बिनानै आफूखुसी बजेटलगायतका निर्णय आफैं गर्ने र कुनै पनि काममा समन्वय नगर्ने पेलाहा प्रबृतिका सदस्य सचिव टंक लाल घिसिङ आफ्ना पार्टी र गुटको नेतृत्व गर्दै आर्थिक अनियमिततामा चुर्लुम्म डुबेका छन् ।
यस्तो बिसमपरिस्थितिमा मन्त्री श्रेष्ठलाई कतैबाट पनि सहयोग नमिलिराखेको अबस्थामा पछिल्लो समय मन्त्रीको सकारात्मक निर्णयले सम्पूर्ण खेलका संघहरूले मन्त्रीको सकारात्मक कार्यले आशाको किरण छाएको अनुभुति गरेका छन् ।

सम्बन्धित समाचार