सन्दीप लामिछानेलाई क्यानले विश्वकप खेल्न पठाउने

1.3k Shares

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जाने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो।

संघका पदाधिकारीबीच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको छ।

बिहीबारसम्म निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानले जनाएको छ। क्यानले आफ्नै खर्च गरेर भए पनि सन्दीप विश्वकप खेल्न पठाउने जनाएको छ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ। नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ। नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भर पर्छ।

सम्बन्धित समाचार