
हेटाैंँडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा मनहरी गाउँपालिकाको विभिन्न क्षेत्रमा बृहत सरसफाई कार्यक्रम आयोजनामा भएको छ । ८०७४ औँ विश्वव्यापी वातावरण सरसफाइ अभियानको अवसरमा आज बुधबार मनहरी गाउँपालिकाको बसपार्क वरिपरि सरसफाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा आयोजना भएकाे उक्त कार्यक्रममा, वडा नम्बर ८का वडा अध्यक्ष नारायण उप्रेती र वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न शैक्षिक,सामाजिक, व्यावसायिक, प्रशासनिक,राजनितिक, सुचना तथा सञ्चार क्षेत्रमा कार्यरत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा करिब दुईसय भन्दा बढी स्वयंसेवकहरूको सहभागीता थियो ।
सरसफाई कार्यक्रम मनहरी गाउँपालिका बजार क्षेत्र र महेन्द्र राजमार्ग वरपर क्षेत्र सरसफाइ गरी सफा वातावरण स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रम गरिएको कार्यक्रमका संयोजक पर्शुराम तिम्सिनाले जानकारी गराउनुभयाे । यस संस्थाले विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तरगत जलवायू परिवर्तन न्यूनीकरणको लागि सरसफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने, वृक्षारोपण जस्ता अभियान कार्यक्रम गर्दै आएको तिम्सिनाले जानकारी दिनुभयाे ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड-१९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित चौवीस हजार पाँच सय पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आएको छ । यो मण्डलीले मुख्य रूपमा पिता परमेश्वर र माता परमेश्वरलाइ विश्वास गर्दै ख्रीष्टको प्रेमलाई व्यवहारमा कार्यान्वयन गर्दै आइरहेको छ ।
ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति ओबामा, ट्रम र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्वोत्कृष्ट सङ्गठन अवार्ड, त्रिपन्न ५३ वटा स्वर्ण अवार्डहरू), गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३८ सय वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपालमा पनि केही प्रशंशापत्रहरू पाएको छ । जुन मण्डलीको परिचयातमक भिडियो द्वारा साथै watv.org वेब साइटमा पनि गएर हेर्न सकिन्छ।
यस संस्थाले बिश्व्ब्यापी बाताबरण सरसफाइ अभियान अन्र्तर्गत जलबायू परिवर्तन न्यूनिकरणको लागि सर सफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने,बृक्षा रोपण जस्ता अभियान कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज ८०७४ औ बिश्वब्यापी बाताबरण सरसफाइ मनहरीगाउँ पालिका बजार क्षेत्र र महेन्द्र राज मार्ग वरपर क्षेत्र सरसफाइ गरी सफा बाताबरण स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेको छ ।