काठमाडौं महानगरको बजेट खर्च पाँच वर्षकै उच्च

2k Shares

काठमाडौं– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो ।

यसरी खर्च हुनुमा नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले हो । प्रवक्ता मानन्धर भन्छन्‌, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’

आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो । यसको अघिल्लो वर्ष आव २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा ५० प्रतिशत खर्च भएको थियो । त्यसपछि वर्षहरूमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो ।

खर्च अङ्क घट्दै बढ्दै गएको अवस्थाको विश्लेषण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्‌, ‘महानगरपालिकामा पूँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनावद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि, सामूहिक प्रयास (टिम स्पिरिट) लगायतका प्रयास हुन् ।’

सम्बन्धित समाचार