गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

1.8k Shares

एजेन्सी– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले त्यहाँको राष्ट्रिय क्रिकेट टीमका नयाँ प्रमुख प्रशिक्षकमा पूर्व क्रिकेटर गौतम गम्भीरलाई नियुक्त गरेको छ । भारतीय टोलीले हालै टी-२० विश्वकप जिते लगत्तै निवर्तमान प्रशिक्षक राहुल द्रविडले राजीनामा दिएका थिए ।

बीसीसीआइका सचिव जय साहले सोसल मिडिया प्लेटफर्म एक्समार्फत गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन्‌ ।

उनले सो पोष्टमा लेखेका छन्‌,  ‘म निकै खुशीसाथ गौतम गम्भीरलाई भातीय क्रिकेट टीमको हेड कोचका रूपमा स्वागत गर्छु । आधुनिक क्रिकेट तीव्र गतिमा बदलिइरहेको छ । गौतमले बदलिँदो यो परिद‍ृश्यलाई नजिकबाट नियालेका छन्‌ ।’

गम्भीर सन्‌ २०१९ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका थिए । उनी पूर्वी दिल्लीबाट सांसद्‌ पनि चुनिएका थिए । गम्भीर सरकार र बीसीसीआइमा सबैभन्दा शक्तिशाली व्यक्तिको नजिक रहीआएका थिए । बीसीसीआइका सचिव जय साह भाजपा नेता अमित साहका छोरा हुन्‌ ।

गम्भीरले आगामी तीन वर्षसम्म भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिनेछन्‌ ।

सम्बन्धित समाचार