होन्डा र टोयोटाबीच सहकार्य गर्ने सम्झौता

2.1k Shares

काठमाडौं । जीएसी ग्रुपको होन्डा र टोयोटाबीच व्यापारिक सहकार्य गर्ने सम्झौता भएको छ । तीन दशकको अवधिमा होन्डासँग टोयोटाजस्ता विश्व प्रसिद्ध ब्रान्डहरूको प्रारम्भिक साझेदारीदेखि व्यावसायिक सम्झौता हुँदै आएको छ ।

जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ प्रणालीसहितको पहिलो ईभी आउँदो वर्ष चिनिया बजारमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

साझेदारीले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्ने बताइएको छ । परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार