रिलायन्सको आईपीओवारे लेखा समितिले सोध्यो बोर्डलाई स्पष्टीकरण

1.8k Shares

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) तथा वित्तीय विवरण’bout नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।

चर्को मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको प्रक्रिया र वित्तीय विवरण शंकास्पद देखिएको भन्ने गुनासो’bout गम्भीर चासो राखेको समितिले मंगलबार रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिने स्पष्टीकरण सोधेको हो ।

बुक बिल्डिङमार्फत रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्दा तयार भएका वित्तीय विवरणमा बदमासी गरे नगरेको प्रस्ट पार्न समितिले बोर्डलाई आगामी सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर निष्कासन गरेको बताएको सो कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले साधारण सेयर निष्कासन गर्न लागेको हो । यस आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने बताइएको छ ।

यस कम्पनीले आगामी आर्थिक वर्ष २०७९–८० को अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाए पनि वास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै लेखा समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण’bout समेत जवाफ दिन बोर्डसँग स्पष्टीकरण मागेको छ ।

सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि समितिले बोर्डसँग यस्तो जवाफ मागेको जनाएको छ । समितिले बोर्डसँग आगामी सात दिनभित्र चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण दिन भनेको छ ।

‘सो कम्पनीको मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?’ समितिले बोर्डसँग जवाफ मागेको स्पष्टीकरणमा उल्लेख छ ।

यसैगरी, बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको सो कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ वा छैन ? कुन–कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए ? सो विवरणसमेत समितिले माग गरेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार