सुनको मूल्य स्थिर, चाँदीको घट्यो

1.6k Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो । 

 
 
सम्बन्धित समाचार