5.1k
Shares
काठमाडौँ-अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित बन्न पुगेको छ । विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उडान तथा अवतरणमा समस्या विमानस्थल कार्यालयले जनाएको छ ।
केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्टसमेत भएको जनाइएको छ । बिहानै उडान तालिकामा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित भएको छ ।
खराब मौसमका कारण इस्तानबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र ड्रुक एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।