काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा कारोबार रकम खुम्चिएको छ। नेप्से परिसूचक १२.१० अंकले घटेको बजारमा कारोबार रकम पनि न्युन भएको हो। बजार २७२७.३६ बिन्दुमा आएर अडिएको छ।
३१६ कम्पनी सामेल भएको आजको कारोबारमा २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिद बिक्री भएको हो। आज माइक्रोफाइनान्स र व्यापार समुह बाहेक सबै समुहमा गिरावट आएको छ। घटेको बजारमा आत्मनिर्भर लघुवित्त संस्थाले बाजी मारेको छ।
यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कारोबार रकमका आधारमा नेपाल फाइनानस अगाडि छ। यसको ४० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। समग्रमा आजको कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
पछिल्ला केही दिन यता बजारमा उतारचढाव देखिएको छ। हुन त यो बजारको स्वभाव भएको जानकारहरु बताउँछन्। कारोबार रकम ३२ कारोबार दिन यताकै कम हो।