
ललितपुर । राजनीतिक दलका नेताको व्यक्तिगत स्वार्थका कारण ठेक्का सम्झौता भइसकेको अवस्थामा कान्तिलोकपथ सडक विस्तारमा नहुने अवस्था सिर्जना भएको छ ।
कान्तिलोकपथको सडक विस्तारका लागि भन्दै राज्यले सो सडकमा पर्ने घरजग्गाको मुआब्जा निर्धारण गरी कतिपयले मुआब्जासमेत बुझी घरजग्गा छाडी अन्यत्रै व्यवस्थापन गरिसकेका छन् ।
कान्तिलोकपथ अन्तर्गत सातदोबाटो, सुनाकोठी, ठेचो, चापागाउँ सडकमा २२ मिटरको मापदण्डअनुसार घरजग्गा पर्ने घरजग्गा धनीमध्ये केहीले सरकारले तोकेअनुसार नै बुआब्जा बुझिसकेका हुन् ।
सरकारले २२ मिटरको मापदण्ड राखी सडक विस्तार कार्य थालनी गर्न ठेक्का सम्झौतासमेत गरिसकेको अवस्थामा झण्डै दुई तिहाईको नेकपाका ललितपुर क्षेत्र नं. १ का सांसद नवराज सिलवाल, क्षेत्र नं. ३ की सांसद पम्फा भुसाललगायत प्रदेश सांसद राजकाजी महर्जन, चेतनाथ सञ्जेलको स्वार्थका कारण उनीहरुकै निर्देशनअनुसार कान्तिलोकपथको रुट नै परिवर्तन गर्ने बदनियतपूर्ण सरकारको निर्णयपछि सातदोबाटो, सुनाकोठी, ठेचो, चापागाउँको सडक विस्तार कार्य रोकिएको थियो ।
राज्यले सडक विस्तारमा पर्ने घरजग्गाको घरजग्गा धनीले मुआब्जासमेत बुझिसकेको अवस्थामा सो सडक विस्तार नगरी बदनियतपूर्ण कान्तिलोकपथको रुट नै परिवर्तन गरी सडक विस्तार गर्ने नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७६ साल जेठ २ गते गरेको निर्णयको विरोधमा खोकनामा हजारौं जनताले आइतबार बिरोध प्रर्दशन गरेका छन् ।
विरोधमा उपस्थित जनताहरुको भनाई अनुसार मुआब्जासमेत दिइसकेको अवस्थामा पहिला कान्तिलोकपथ अन्तर्गत सडक विस्तार कहाँबाट गर्ने हो त्यहीबाट गर्नुपर्छ, नेताहरुको स्वार्थका कारण जहाँबाट मन लाग्यो त्यहीबाट गर्न मिल्दैन । त्यतिबेलाका नेकपाका सांसद पम्फा भुषाल, नवराज सिलवाल र प्रदेश सांसद राजकाजी महर्जन, चेतनाथ सञ्लेलले आफ्नो व्यक्तिगत स्वार्थका कारण रुट परिवर्तन गरी सडक विस्तार गर्ने सरकारबाटै निर्णय गराए पनि हामीहरु त्यो निर्णयलाई मान्न तयार छैनौं, कुनै पनि हालतमा रुट परिवर्तन गराई सडक विस्तार गर्न दिँदैनौं भन्दै हजारौं जनताले विरोध प्रर्दशन गरेका छन् । पम्फा भुषाल र नवराज सिलवालको विकास निर्माणमा भन्दा यस्तै व्यक्तिगत स्वार्थमा लागेकै कारण गएको निर्वाचनमा नराम्ररी पराजित भएको विराध प्रर्दशनमा उत्रिएका जनताहरुले बताउँदै थिए ।
यता, सातदोबाटो, सुनाकोठी, ठेचो, चापागाउँमा सडक विस्तारमा पर्ने घरजग्गाको मुआब्जासमेत बुझिसकेको अवस्थामा त्यो मुआब्जा अब कसरी उठाउने ? मुआब्जा लिनेहरुले सोअी अनुसार घरजग्गा छाडी आफ्नो व्यवस्थापन गरिसकेका छन् । झण्डै दुई तिहाईको नेकपा सरकारले सो निर्णय गर्दा ख्यालै नगरी सांसद नवराज सिलवाल, पम्फा भुषाल, प्रदेश सांसद राजकाजी महर्जन, चेतनाथ सञ्जेलको व्यक्तिगत स्वार्थका कारण राज्यले ठूलै क्षति बेहोरी रुट नै परिवर्तन गर्ने निर्णयले ठूलै आर्थिक नोक्सान ब्यहोर्नु परेको छ । अब सो आर्थिक नोक्सानको क्षतिपूर्ति कसले ब्यहोर्ने ? कान्ति लोकपथको रुट परिवर्तन गरी सडक विस्तार गर्दा भैसेपाटी, चुनिखेल, छम्पीका जनताहरुको घरजग्गा अधिकरण गर्दा त्यतिकै मात्रामा मुआब्जा दिनुपर्ने अवस्था छ । यसरी राज्यको ढुकुटी रित्याउदै नेताहरुको स्वार्थ अनुकुल सरकारले निर्णय गर्दै जाने हो भने कान्तिलोकपथ अन्तर्गत सडक विस्तार कार्य नहुने देखिएको छ ।