खेल विज्ञमा श्रेष्ठ मनोनित

4.9k Shares

मकवानपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवम् पूर्वअन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठलाई वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेल विज्ञको रुपमा मनोनित गरेको छ ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ चापागाउँका श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई वाग्मती प्रदेशको समग्र खेल क्षेक्रको विकासका लागि सल्लाह सुत्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सरकारले यस जिम्मेवारी प्रदान गरेको हो ।
खेलाडीहरुको हकहितका लागि लामो समयदेखि कार्य गर्दै आएका श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत हुन् । उनी २०४९ सालदेखि खेलकुद क्षेत्रमा निरन्तर क्रियाशील छन् ।
दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई पटक स्वर्ण पदक विजेता श्रेष्ठले सक्रिय खेलाडीबाट अवकाशपश्चात् पनि राष्ट्रिय टिम प्रशिक्षकको जिम्मेवारी बहन गरी राष्ट्रको लागि पदक जित्ने सफल खेलाडी उत्पादनमा योगदान पु¥याउँदै आएका छन् ।‘ प्रदेशको खेलक्षेत्रको विकासका लागि अनुभवी व्यक्तिको आवश्यकता पर्छ । त्यसकारण हामीले श्रेष्ठलाई मनोनित गरेको मन्त्री महर्जनले बताएका छन् । 
श्रेष्ठ पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर बढाऊने तथा संरचनागत र जनशक्ति विकासको कार्यक्रमलाई तीब्रता दिइने श्रेष्ठ बताउँछन् ।

सम्बन्धित समाचार