काठमाडौं– युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनका बिच ‘ विजयी योजना ’का बारे वार्ता भइरहेको छ । यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ ।
सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । जेलेन्सकी सबै भन्दा धेरै मत स्विङ हुने पनेलेसेल्भिनयामा पुगेका छन् । यसलाई रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ ।
यसै साता ट्रम्पले रुसी सैन्य शक्तिको धेरै नै प्रशंसा गरेका थिए । ‘उनीहरूले हिटलरलाई हराए र त्यस पछि नेपोलियनलाई पनि हराए । तसर्थ उनीहरू लडी नै रहने छन् ,’ ट्रम्पले भनेका थिए ।
जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ । उनले केही दिन अघि मात्र यो युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएका थिए । त्यसको लगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए ।