दुई दिन कोसी र वाग्मतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

1.6k Shares

काठमाडौं । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव भोलिदेखि नेपालमा देखिने भएको छ । भोलि (बुधबार)देखि पर्सि (बिहीबार) रातिसम्म उक्त प्रणालीको प्रभाव रहने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, बुधबार दिउँसो कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

बुधबार राति कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

पर्सी बिहीबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेर बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सम्बन्धित समाचार