नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडसः दैनिक तीन सयलाई खाना खुवाउँछन्

2.7k Shares

काठमाडौँ - असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ। कतिपयको बासस्थान नै बगाएको÷डुबानमा परेको छ। जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ।  

काठमाडौं उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ। नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरु अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन्। गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन्।

गत आइतबारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउँछन्। उनले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए।

उनले २५ नम्बर वडामा २५० जनाको गाँसवास बाढीका कारण खोसिएको बताए। स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने उनले विश्वास व्यक्त गरे। बाढीले घरहरु बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरु सिर्जना भइरहेको उनले बताए।

उनले भने, ‘यो हप्ताको आईतवारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ। सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ। यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ। २ जनाको मृत्यु भयो, यो वडाबाट।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरु मिलेर पीडितलाई खाना खुवाइरहेको बताउँछिन्। उनले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताइन्। पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरुले सहयोग गर्नुभएको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन्। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार