सत्ता गठवन्धनले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईदै

2.6k Shares

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईने भएको छ ।

पाँच राजनीतिक दल आबद्ध सत्ता गठवन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम अहिले विहान ९ बजे प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको हो ।

सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने पाँच दल आबद्ध गठवन्धनको तयारी छ । सोही अनुसार सरकारको योजना, गर्ने काम र सरकारको प्राथमिकतालाई कार्यदलले अन्तिम रुप दिएको हो ।

न्यूनतम साझा कार्यक्रममा सरकारको योजना, सरकारले गर्ने काम र सरकारको प्राथमिकतालाई समावेश गरिएको छ । स्रोतका अनुसार नेपाल वायुसेवा निगमलाई समेत सरकार आफैले सञ्चालन गर्नेसमेत उक्त साझा कार्यक्रममा समेटिएको छ । सरकारले न्यूनतम साझा कार्यक्रममा मुख्य जोड कोरोनाविरुद्धको खोपका लागि दिइएको छ ।

सम्बन्धित समाचार