
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाको दिक्षान्त समारोहका लागि जुम्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ज्ञापन पत्र बुझाएका छन्।
कर्णाली प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार लगायतका विषय समेटेर उनले बुधबार प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शाहीले बुझाएको ज्ञापन पत्रमा स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकिकरण गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्नुपर्ने, जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापना गर्नुपर्ने लगायतको माग गरिएको छ।
त्यस्तै कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत–दैलेख–नाग्मा सडकको स्तरउन्नति तथा मर्मत गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।