ग्वार्कोमा बनिरहेको फ्लाई ओभर ड्रोनबाट यस्तो देखियो

4.5k Shares

काठमाडौं - ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ । कोटेश्वर(कलंकी सडकखण्डमा रहेको यो फ्लाई ओभर आगामी भदौमा निर्माण पूरा गरिने तयारी छ। यसको निर्माण २०७८ फागुन १२ गते ठेक्का लागेर अघि बढेको हो ।

यस फ्लाई ओभरको निर्माणका लागि पहिलो म्याद २०८० फेब्रुअरी ११ मा सम्पन्न गर्ने तोकिएको थियो। त्यसपछि समयमै काम हुन नसकेपछि फेरि म्याद थप गरी २०८१ सम्म दिइएको थियो ।

१७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाई ओभरको ठेक्का लागेको थियो । हालसम्म फ्लाईओभरको भौतिक प्रगति ९८ प्रतिशत छ ।

आर्थिक प्रगति ४५।५४ प्रतिशत रहेको निर्माण कम्पनीले जनाएको छ । यो फ्लाई ओभर निर्माणका क्रममा सरकारले ठेकेदार कम्पनीलाई ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

सम्बन्धित समाचार