पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै

1.8k Shares

काठमाण्डौ – इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ ।

पर्सि शनिवार नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिनुभयो ।

महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् । प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आइटीओ हुन् । 

सम्बन्धित समाचार