सरकारसँग ऋण लिँदा पनि नियमित भएन दूधको भुक्तानी

1.4k Shares

काठमाडौं । दूध किसानले पछिल्लो समय बक्यौता भुक्तानीमा राहत स्वरूप केही रकम पाए पनि पूरै अहिलेसम्म पाएका छैनन् । सरकारसँग गत वैशाखमा ३० करोड र असोजमा ६० करोड रुपैयाँ लिएको ऋणसहित डीडीसीले १ अर्बभन्दा बढी रकम किसानलाई पठाएको छ ।

स्थानीय दुग्ध सहकारी संस्थामार्फत दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीहरूले किसानको दूध खरिद गर्दै आएका छन् । कुनै समय ६ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बक्यौता भएका किसानको अहिले बक्यौता केही घटेको छ । तर, नियमित भने हुन सकेको छैन ।

‘१५ असारसम्म दूधको पैसा आइसकेको छ, त्यसपछि आएको छैन । करिब २ लाख रुपैयाँ त मेरो घरको मात्रै छ । गाउँभरिको जोड्दा डेढ करोड होला,’ काभ्रे भुम्लु गाउँपालिकाका स्थानीय किसान नारायण पराजुली भन्छन्, ‘ नियमित नआउँदा साना किसानलाई समस्या धेरै छ ।’

तर, त्यो समस्या भुम्लुको मात्र होइन । काभ्रे, मकवानपुर, चितवन, धादिङ, मोरङ, नवलपरासी जस्ता जिल्लामा किसान समस्यामा छन् ।

सम्बन्धित समाचार