सरकारले तोक्यो उखुको मूल्य

1.8k Shares

महोत्तरी । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ ।​

पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष (सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि) हुनुपर्ने सैद्धान्तिक सहमति भए पनि यसपटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन, कुशवाहाले भने, किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।

नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ, कुशवाहाले भने ।

यस वर्ष गत वर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरिदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उनको भनाइ छ । यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो ।

यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताए । उनका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु छ सय ६९ प्रतिक्विन्टल पर्दछ ।

सम्बन्धित समाचार