५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा

3k Shares

काठमाडौं। बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्।

ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले पाँच करोड बढी रकम ठगी गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको थियो । प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा सञ्चालक समितिका १० जनालाई प्रतिवादी बनाउँदै १० माघमा मुद्दा दायर गरेको छ ।

सम्बन्धित समाचार