भौतिक संरचनाको अभावमा चौरमै पठनपाठन

2.1k Shares

जाजरकोट । जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभावमा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् ।  गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका  दुई कोठे दुई वटा भवन  पुर्ण रुपमा क्षति हुँदा सुर्य ज्योति आधारभूत भेरी नगरपालिका ७ मिथ्याङ्ग्राको विद्यालयमा पठनपाठनमा विभिन्न समस्या झेल्दै आएको छ । 

पर्याप्त कक्षाकोठाको अभावका कारण विद्यार्थीहरू हिउँदमा विद्यालयमा रहेको  फिल्डको धुलोमा बसेर पढ्न बाध्य भएका छन्  । । भूकम्प गएको एक वर्ष बिती सक्दा पनि कुनै पनि निकायमा पुनः निर्माणको पहल नगरिँदा अहिलेसम्म पक्की भवन निर्माण हुन सकेका छैनन्  ।

विद्यालयका शिक्षक टोपबहादुर खड्काले क्षति भएका भवन निर्माण  नहुँदा  पठन पाठनको लागि झनै अप्ठ्यारो परिस्थितिको सिर्जना भएको बताउनु भयो ।   पर्याप्त कक्षाकोठा र भौतिक संरचना नहुँदा विद्यार्थीको सिकाई उपलब्धि र विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको र अप्ठ्यारो परिस्थिति सिर्जना भएको शिक्षक खड्काको भनाई छ ।

विद्यालयमा बस्नका लागि पर्याप्त डेस्क बेन्च नभएको कारण पनि फिल्डको धुलोमा बसेर विद्यार्थी पढ्न बाध्यकारी अवस्था सिर्जना भएको  अधिकारीले बताउनुभएको छ ।

सम्बन्धित समाचार