1.8k
Shares

काठमाडौं – नायक विजय बरालको केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । यो फिल्मले नेपाली इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सनको कीर्तिमान राखेको छ ।
यही फिल्ममा विजय पहिलो पटक केन्द्रीय भूमिकामा देखिएका हुन् । उनको पहिलो प्रयास नै सफल बन्यो ।
‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमान कायम राखेपछि विजयले ‘दोस्रो कुन फिल्ममा काम गर्लान् ?’ भन्ने चर्चाको विषय थियो । तर, विजयले पहिलो फिल्म सफलतापछि फिल्मबाट ब्रेक लिए । उनले नाटक ‘हरि हजुरबुवा’मा अभिनय गरे ।
तर, विजयले विश्रामलाई छोट्याएका छन् । उनले नयाँ फिल्ममा साइन गरेका छन् । उनी हिमाल न्यौपानेको निर्देशन रहने फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भएका हुन् ।