शहीद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी

2.3k Shares

काठमाडौं– शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आज बिहान प्रभातफेरीसहित माल्यार्पण तथा स्मृतिसभा आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाउने गरेको छ । महानगरपालिकाले आज बिहानै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू,  संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए । 

सम्बन्धित समाचार