‘फेरि रेशम फिलिलि’को दोस्रो पोस्टरमा देखिए विनय, सुपुष्पा र कामेश्वर

1.9k Shares

काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिलि’को दोस्रो पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्ट मेटिएका छन् । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ । 

उनीमाथि अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ । पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ देखाइएको छ ।

पोस्टरमा विनयमाथि सुपुष्पाले तेस्र्याएको बन्दुक रहस्यमा नै कथा बुनिएको बुझ्न सकिन्छ । योसँगै पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति, आकर्षणलाई पारिवारिक तथा सामाजिक चक्षुबाट फिल्मले नियाल्न खोजेको समेत बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार