1.9k
Shares

काठमाडौँ । टोयोटा ब्राण्ड सन् २०२४ को सर्वाधिक कार विक्रेता बनेको छ । ग्लोबल कार सेल्सको तथ्यांक अनुसार गएको वर्ष सन् २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार विश्वव्यापी रुपमा बिक्री भएका छन् ।
योसँगै जापानी कार उत्पादक टोयोटा लगातार पाँचौँ वर्ष विश्वको सर्वाधिक कार बिक्रेता बनेको हो । समग्रमा पहिलो नम्बरमा भए पनि सन् २०२३ को तुलनामा टोयटाको बिक्री ३.७ प्रतिशतले घटेको छ । विश्वमा धेरै कार बेच्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा फक्सवागन परेको छ । जर्मनी ब्राण्ड फक्सवागनले गत वर्ष ७६ लाख ५० हजार वटा कार बेचेको छ ।