‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो

2k Shares

काठमाडौं- फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’को नामको विवाद सहमतिमा टुंगिएको छ । जिल्ला अदालत काठमाडौंमा पुगेको विवाद दुवै पक्षको सहमतिमा टुङ्गिएको हो ।

फिल्म एक्टरको तर्फबाट सम्राट थापा, मोती कार्की र ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति भएको जानकारी दिइएको हो ।

विज्ञप्तिमा शुक्रबार अदालत खुलेपछि मुद्दा फिर्ता गर्ने सहमति भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा बिहीबारबाटै ‘एक्टर : टेक वान’लाई प्रदर्शनमा ल्याउन हलहरूलाई अनुरोध गरिएको छ ।

फिल्म प्रदर्शनम सहजीकरण गर्न आग्रह गर्दै दुवै पक्षले चलचित्र विकास बोर्डलाई संयुक्त निवेदन समेत लेखेका छन् ।

सम्बन्धित समाचार