2.1k
Shares

खोटाङ – त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ ।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय नगर सभाबाट पारित गरी आवश्यक काम थालिएको मेयर विमला राईले बताउनुभयो ।
उहाँका अनुसार पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल थालिएको हो ।