सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

1.8k Shares

काठमाडौं– सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार