३५ लाख खर्चेर सुदूरपश्चिम सरकारले आयोजना कृषि तथा पशुपन्छी मेला गर्दै

2k Shares

धनगढी । धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला आयोजना हुने भएको छ । सुदूरपश्चिम सरकारको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी हुने भएको हो । प्रदेशको ९ वटै जिल्लाका कृषकहरूको सहभागितामा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भएको हो ।

कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक खगेन्द्र प्रसाद शर्माका अनुसार मेलामा कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ निर्देशक शर्माको भनाइ । प्रदेश सरकारको ३५ लाख बजेटमा आयोजना हुने मेलामा १५० वटा निःशुल्क स्टलको व्यवस्था रहने भएको छ ।

मेलामा ९ वटै जिल्लामा उत्पादित रैथाने तथा स्थानीय कृषि, पशुपन्छी र मत्स्यजन्य बाली र वस्तुहरूको प्रदर्शन हुने भएको छ । साथै मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ ।

सम्बन्धित समाचार