सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा दिन सफल : उपप्रधानमन्त्री सिंह

1.8k Shares

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोह सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं–१ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे। 

पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट निर्वाचित भए देखिनै आफूले  सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको सिंहले बताए । 

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए । उनले गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको बताए ।

सम्बन्धित समाचार