पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

1.3k Shares

पाल्पा– पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

सम्बन्धित समाचार