सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

1.5k Shares

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँमा काराेबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ ।

सम्बन्धित समाचार