थाइल्यान्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

1.7k Shares

काठमाडौं – त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गतको आज थाइल्यान्डविरुद्धको खेल नेपालले पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिइन् । 

प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार