
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशमा, ट्रम्पले सार्वभौम सम्पत्ति कोष खडा गर्न निर्देशन दिएका यो कोषले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकलाई किन्न सक्ने उनको भनाइ छ ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा यस्तो खालको कोषको आइडिया ल्याएका थिए । अतिरिक्त महसुल लगायतबाट उठेको पैसा यो कोषमा राख्ने उनको योजना छ ।
ट्रम्पले यसअघि नै मेक्सिको, क्यानडा र चीनमाथि अतिरिक्त कर लगाइसकेका छन् । अहिलेका लागि २० दिनसम्म मेक्सिको र क्यानडामाथि लगाएको कर रोक्का गरिएको छ । साउदी अरब र नर्वेसँग विश्वको सबैभन्दा ठुलो सार्वभौम कोष छन् । यी दुबैले खनिज इन्धन बेचेको पैसा यी कोषमा राख्ने गरेका छन् । अनि यसको पैसालाई विश्वभर कम्पनी र परियोजनामा लगानी गरिरहेका छन् ।छन् ।