महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की

1.6k Shares

काठमाडौं- भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका छन् सोमबार भारत पुगेका उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।

लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लगेर गएका हुन् ।

भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।

मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे। अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

सम्बन्धित समाचार