रविले गोर्खा मिडियाबाटै पत्नीको नाममा काटेका थिए चार चेक

1.6k Shares

काठमाडौं- साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, उनका साझेदार छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा परेको लगेको हो । सरकरी वकिलले रविविरुद्ध भने सहकारी ठगीको मात्रै मुद्दा चलाएको छ।

साहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिमा गएको भेटिएको छ । यसरी सहकारीको रकम दुरुपयोग प्रकरणमा करिब ५६ करोड रुपैयाँ बिगो माग दाबीसहित मुद्दा चलाइएको हो ।

अभियोगअनुसार लामिछानेले श्रीमती निकिता पौडेल लामिछानेको नाममासमेत सहकारीबाट लगेको रकमबाट चारवटा चेक काटेको भेटिएको छ ।

रविले निकिताको नाममा ६० लाख रुपैयाँको चेक काटेको अभियोगपत्रमा भनिएको छ। रविका ससुरा एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार भुक्तानी गरेको पनि भेटिएको छ ।

सम्बन्धित समाचार