2.1k
Shares

मस्को– रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ । रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र प्रविधिमा विशेषज्ञ छ ।
यो इन्जिनले पृथ्वीबाट मंगल ग्रहको यात्रा एकदेखि दुई महिनामा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । प्लाज्मा रकेटहरूले परम्परागत ठोस वा तरल इन्धन दहनको आवश्यकतालाई हटाउँछन् ।
यसले चुम्बकीय प्लाज्मा एक्सेलेटर प्रयोग गर्दछ, जसका कारण अन्तरिक्षमा उच्च गति हासिल गर्न सकिन्छ र यात्राको समयमा ठूलो कमी आउन सक्छ।
रुसको इज्भेस्टिया पत्रिकाले यस सम्बन्धमा जानकारी दिएको छ ।