वाणिज्य बैंकहरूमा अधिक तरलता यथावत्

2.1k Shares

काठमाडौं । ‘क’ वर्गका २० वटा वाणिज्य बैंक अधिक तरलताको चापबाट मुक्त हुन सकेका छैनन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने प्रावधान रहे पनि सीडी रेसियो ८० प्रतिशतभन्दा तल नै रहेको छ ।

माघ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ५९ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । गत साउनसम्ममा वाणिज्य बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो । बैंकर्स संघका अनुसार सात महिनामा २ खर्ब ४२ अर्ब निक्षेप बढेको छ । यो गत असारको तुलनामा ४ दशमलव २१ प्रतिशतले बढी हो ।

यसैगरी, कर्जा पनि ५ दशमलव ६२ प्रतिशत विस्तार भएको छ । गत असारसम्ममा ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा माघ महिनासम्म आइपुग्दा ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

साउनदेखि माघ मसान्तसम्म आइपुग्दा २ खर्ब ५७ अर्ब रुपैयाँले कर्जा बढेको छ । बैंकर्स एसोसिएसनका अनुसार माघ महिनामा मात्रै निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १२ अर्ब रुपैयाँले बढेको छ ।

माघ महिनासम्ममा नेपाली मुद्रामा ५८ खर्ब ४१ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा १ खर्ब ५६ अर्ब संकलन भएको छ । कर्जातर्फ भने नेपाली मुद्रामा ४७ खर्ब ३६ अर्ब प्रवाह भएको छ । विदेशी मुद्रामा भने ९२ अर्ब कर्जा गएको छ ।

सात महिनामा ग्लोबल आईएमई बैंकले ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा बढाएको छ भने एनआईसी एसियाको कर्जा ३२ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । ग्लोबल आईएमई बैंकले कर्जा बढाउँदा पनि सीडी रेसियो ७८ दशमलव ७७ प्रतिशतभन्दा बढी पु¥याउन सकेको छैन । एनआईसी एसियाको भने सीडी रेसियो ८३ दशमलव ६२ प्रतिशत रहेको छ ।

माघ मसान्तसम्म ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब ३४ लाख रुपैयाँ पुगेको छ । एनआईसी एसियाको भने २ खर्ब ५२ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गर्न सकेको छ ।

निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि रहेको छ भने एनआईसी एसियाको निक्षेपमा पनि व्यापक कमी आएको छ । इन्भेस्टमेन्ट मेगामा सात महिनामा ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप बढेको छ । एनआईसी एसियाको भने सात महिनामा ५८ अर्ब २२ करोड रुपैयाँले निक्षेप घटेको छ ।

एनआईसी एसिया बैंकको निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको हो । सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।

माघसम्ममा कृषि विकास बैंकले २ खर्ब ७ अर्ब, सिटिजन्स बैंक इन्टरनेसनलले १ खर्ब ६८ अर्ब, एभरेस्टले २ खर्ब २० अर्ब, हिमालयनले २ खर्ब ५० अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी, माछापुच्छे«ले १ खर्ब ४३ अर्ब, नबिलले ४ खर्ब ११ अर्ब, नेपाल बैंकले २ खर्ब २४ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब, नेपाल एसबीआईले १ खर्ब ३९ अर्ब, एनआईसी एसियाले २ खर्ब ५२ अर्ब, एनएमबीले २ खर्ब ३२ अर्ब, प्रभुले २ खर्ब ३४ अर्ब र प्राइम कमर्सियलले २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब, सानिमाले १ खर्ब ७७ अर्ब, सिद्धार्थले २ खर्ब १६ अर्ब रुपैयाँबराबरको लगानी विस्तार गरेका छन् ।

विगतमा आयात र सेयरमा लगानी गर्नेगरी कर्जाको माग बढेको थियो । अहिले सेयर बजार पनि बढ्न सकेको छैन । त्यसले गर्दा सेयर खरिदका लागि पनि कर्जा माग हुन सकेको छैन ।

बैंकसँग भएको पुँजीको तुलनामा बैंकहरूको लगानीयोग्य क्षमता खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ३५ प्रतिशतमा सीमित छ । नीतिगत व्यवस्थानुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्न पाउँछन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार