बढ्दै फोहोर व्यवस्थापनको समस्या

2k Shares

कुश्मा (पर्वत) । पर्यटकीय जिल्लाको रुपमा चिनिदै आएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सालगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो देखिएको छ । जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिकासहित पाँच गाउँपालिका गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसङ्ख्या र बजारीकरणसँगै फोहोर उत्पादन बढ्दो छ ।

जिल्लाका गाउँघरमा बसाईसराइँबाट मानववस्ती रित्तिँदै गए पनि सङ्घीयता लागू भएपछि बनेका स्थानीय गाउँपालिका केन्द्र आसापास बजार बन्ने क्रम बढ्दो छ । पालिकाहरुमा बजारीकरण हुँदा फोहोर व्यवस्थापनको चुनौती थपिएको हो । पोखरा–बाग्लुङ पृथ्वी राजमार्गसँगै सटेको डिमुवा र पातीचौर बजार मोदिगाउँपालिका पर्दछ । मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा छ । बजार क्षेत्रबाट दैनिकजसो उत्पादन हुने एक ट्याक्टर फोहोर व्यवस्थापनको चुनौती पालिकालाई थपिएको छ ।

मोदी गाउँपालिकाले मोदीखोला नजिकै नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको जग्गामा डम्पिङ साइट बनाएर फोहोर फाल्ने गरेको छ । गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार प्राधिकरणले ६ महिनाभित्र हटाउन तोकता गरेपछि उपयुक्त जग्गा र प्रविधिको खोजी पालिकाले गर्दैछ । यसअघि पालिकासहित बजार क्षेत्रको फोहोर पोखरा–बाग्लुङ राजमार्गसँगै मोदीखोलाको किनार महभीर साइडमा फालिने गरिन्थ्यो । जिल्लामा कुनै पनि स्थानीय निकायले फोहोर व्यवस्थापनको दिगो तरिकाहरु फोहोरबाट उर्जा रुपान्तरण गर्ने, फोहोर घटाउने, रिसाइकल गर्ने काम गरेका छैनन् ।

सम्बन्धित समाचार