'आमाको प्रेम सारा संसारमा' नाराका साथ वीलभयू फाउन्डेसनद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना (फिचर)

24.8k Shares

काठमाडाैँ । 'आमाको प्रेम सारा संसारमा' भन्ने नाराका साथ वीलभयू फाउन्डेसनद्वारा जितपुर सिमरामा ६९२ औँ विश्वव्यापी बृहत् रक्तदान अभियान आयोजना गरिएकाे छ । मधेस प्रदेशकाे जितपुर सिमरामा अवस्थित एवरग्रीन तराई सिमरा अस्पतालको सभाहलमा आज बुधबार करीब ३०० जनाकाे सहभागीतामा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएकाे हाे ।

विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’मा सहभागी हुन बीरगञ्ज हेटौडा बस्तीपुर चपुर हरिवन बर्दिबास सिन्धुलीका विभिन्न ठाउँबाट वीलभयूका सदस्यहरू लगायत परिवार र छिमेकीहरूकाे सहभागीता रहेकाे थियाे ।

“अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो र जीवनको कदर गर्दै सो कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू एउटै चित्तका भएर सहभागी भएर रगत अभावका कारण मृत्युको मुखमा परेका मानिसहरूको जीवन बचाउने कार्य र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याऔँ भन्ने आशाका साथ यस कार्यक्रम आयोजना गरिएकाे वीलभयूका एक अधिकारीले खाेजतलास पत्रिकालाई जानकारी गराउनुभयाे ।

कार्यक्रममा उपस्थित जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख श्री भोला प्रसाद अधिकारीले “रक्त अभाव भइरहेको वर्तमान समयमा यस परोपकारी संगठनले पुर्याएको कल्याणकारी कामको लागि कदर गर्दै प्रशंसा गर्नुभयो ।” रक्तदान कार्यक्रममा जितपुर उपमहानगरपालिका वडा नं २का वडाध्यक्ष श्री धन बहादुर श्रेष्ठ ज्यूको पनि सहभागिता रहेको थियो भने कार्यक्रममा स्थानीय प्रहरी उपरीक्षक सुभद्रा लामा साथै स्थानीय अस्पतालका डाक्टरहरूकाे पनि सहभागीता रहेको थियो ।

कार्यक्रममा चिकित्सक जाँचदेखि रक्तदानसम्म क्रमबद्ध रूपमा सहभागी हुनुभएकाे थियाे । रक्तदान गरेका वीलभयूका सदस्य ३०० जनामध्ये १५९ जनाले रक्तदान गरे । उक्त कार्यक्रममा ६३,६०० एम. एल. रगत संकलन भएको थियो । रक्त अभावका कारण उपचार गर्न कठिनाइ भोगिरहेका मानिसहरूलाइ र अस्पतालहरूलाई यसले ठूलो सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ ।

यसअघि  सातै प्रदेशमा वीलभयूले काठमाडौँ,भक्तपुर,ललितपुर,नेपालगंज,जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर अमूल्य जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको थियाे । सन् २००४मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो । अहिलेसम्म ६४ वटा देशहरूबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसक्नु भएकाे छ ।

सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्‌का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ ।

बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गर्दै आएको छ ।

वीलभयूले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्टमार्फत वृक्षारोपण कार्यक्रम पनि गर्दै आएको छ ।

1.jpg2.jpg3.jpg4.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg9.jpg10.jpg11.jpg

सम्बन्धित समाचार