मनुष्य जीवनमा सम्भोगको इच्छा महत्वपूर्ण काम हो

काम

काम इच्छाबाट उत्पन्न हुने एउटा विकार हो । नारीपुरुष बिचको भोगको आशक्ति मात्रै काम होइन् । कुनै वस्तुको भोग गर्ने तिव्र इच्छा जाग्नु पनि काम हो । मनुष्य जीवनमा सम्भोगको इच्छा महत्वपूर्ण काम हो । काम प्रकृति हो, संसारलाई जीवन्त राख्ने माध्यम हो । नारी र पुरुष बिचको शारीरिक साम्यतताले, प्रेमले, विश्वासले कामोत्तेजनामा प्रभाव पारेको हुन्छ । मौसमले पनि कामोत्तेजनामा प्रभाव पारेको हुन्छ । वैज्ञानिक अनुसन्धान अनुसार वसन्त ऋतुमा पन्छीहरू बढि सम्भोगमा सक्रिय हुन्छन् । गर्मी र सुख्खा मौसममा माछा लगायतका जलप्राणीहरू सक्रिय हुन्छन् । नेपाली समाजमा कार्तिक महिनालाई कुकुरको सम्भोगको महिना मानिन्छ, त्यसै कारण हामी भन्न सक्छौँ कि काम प्रकृति हो । मानव त हरहमेशा सक्रिय हुन सक्छन् । दार्शनिक सुकरात भन्नुहुन्छ, ‘मानिस स्वभावैले कामुक र पतित हुन्छन्’ । सुकरातको यो भनाईले पनि सम्भोग प्राकृतिक हो भन्न सक्छौँ । वैज्ञानिक अनुसन्धानको तथ्य अनुसार सबै प्राणीमा छुट्टाछुट्टै गन्ध हुन्छन् । मानिसहरूमा पनि आफ्नै किसिमको गन्ध हुन्छ । पुरुष र महिलामा फरकफरक गन्ध हुन्छन् । महिला र पुरष बिच आकर्षणको माध्यम यही गन्ध नै हो । गन्धकै कारण महिला र पुरष बिचको दुरी घट्छ र उनीहरू सम्भोगको लागि तयार हुन्छन् । 

मानव जीवनमा सबभन्दा धेरै महत्व राख्ने विषय सम्भोग हो । विशेष गरेर शारीरिक एवं मानसिक स्वास्थ्यमा सम्भोगको महत्वपूर्ण भुमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुने सबभन्दा ठूलो उपचार प्रेमपूर्ण सम्भोग हो । वैज्ञानिक तथ्य अनुसार कामोत्तेजना शरीरमा उत्पन्न हुने एक किसिमको डोपामाइन हार्मोनको सक्रियता हो । सम्भोगको समयमा मस्तिष्कमा डोपामाइन हार्मोनको सक्रियता बढ्छ, जसले आनन्दको अनुभूति दिन्छ । त्यसैले डोपामाइन हार्मोनलाई लभ हार्मोन पनि भनिन्छ, सुखानुभूति हुने भएकोले सम्भोगले एकआपसमा प्रेम र विश्वास कायम गर्छ । सम्भोगले क्रोध नियन्त्रण गर्छ । मनको बेचैनी शान्त गर्छ । त्यसैले चिकित्सा विज्ञान भन्छ, मानसिक एवं शारीरिक स्वस्थताको लागि सम्भोग अनिवार्य छ । धर्मशास्त्रहरूमा पनि सम्भोगलाई महत्व दिएको पाइन्छ । पुराना हिन्दु मन्दिरहरूमा सम्भोगका आसनयुक्त चित्रहरू महत्वका साथ राखिनुलाई उदाहरणको रूपमा लिन सक्छौँ । शैव धर्मालम्बीहरूले श्रद्धापूर्वक पूजा गर्ने शिवलिङ्गलाई सम्भोगको प्रतिकको रूपमा लिन सकिन्छ । तर जब सम्भोग अस्वभाविक हुन्छ, त्यो अपवित्र हुन्छ, इच्छा विपरित हुन्छ, वासना मात्र हुन्छ । वासना वास्तवमा पीडादायी हुन्छ । वासना एक किसिमको अतृप्त तृष्णा हो । जब वासनाको आवेग शरीरभरि तरङ्गित हुन्छ, त्यतिबेला कामको अग्नि यति भयानक हुन्छ, जसको सामू अरू सबै प्रभावहिन हुन्छ । यसको तिव्रतालाई रोक्ने सायदै सामथ्र्य होला । चरम उत्कर्षको बेला न दृष्टि, न शब्द, न विचार सबै निस्तेज हुन्छ । 

१८ देखि २५ वर्षका युवाहरूमा गरिएको पछिल्लो अनुसन्धान अनुसार वयस्क पुरुषले धेरैजसो दिनको ३४ पटकसम्म कामका बारेमा विचार गर्छन् भने महिलाहरू पुरुषभन्दा कम १८ पटकसम्म कल्पना गर्छन् । नारी सुन्दरताकी प्रतीक हुन त्यसैले हाम्रो समाजमा पुरुषलेभन्दा नारीले बढि सिंगारपटार गर्छन् । नारीको हरेक अङ्गले पुरुषलाई आमन्त्रण गरिरहेका हुन्छन् । यसै कारण हाम्रो समाजमा पुरुषकोभन्दा नारीको शरीर छोप्ने चलन चलेको हो । जति गोप्य भयो, त्यति नै बढि चाहना बढ्छ । जति प्राप्त गर्न मुश्किल हुन्छ, त्यति नै त्यसको महत्व बढ्छ । जुन सजिलै उपलब्ध हुँदैन, त्यति नै त्यसको प्राप्तिको चाहना तिव्र्र हुन्छ । यो मानवीय स्वभाव हो । नारीकोे संवेदनशील अंगहरू सधै छोपिएकै कारण ती अंगहरूप्रति पुरुष आकर्षित हुन्छन् । नारीसँगको सामिप्यताले पुरुष हरहमेशा सम्भोगको लागि तयार हुन्छन् । प्रेमपूर्वक हुने सम्भोगले दिने चरम आनन्द जीवनमा प्राप्त गर्ने सबैभन्दा सुखद आनन्द हो भन्दा फरक नपर्ला । जीवनमा अरू कुनै तरीकाले पाउने आनन्दभन्दा सम्भोगानन्द कैयौँ गुणा उच्च आनन्द हो भन्न सक्छौँ । हाम्रो समाजमा शक्तिशाली, विद्वान, सन्यासी जस्ता व्यक्तिहरू पनि सम्भोगको अगाडि नतमस्तक भएका थुप्रै घटनाहरू इतिहासमा भेटिन्छन् । मानव इतिहासमा मेनुकाप्रतिको कामवासनमा ऋषि विश्वामित्रको ध्यानभङ्ग भएको घटना होस् या सुन्दरी अम्रपाली नगरवेश्या बन्न बाध्य भएको घटना नै किन नहोस्, सबैमा यौन नै प्रमुख बनेर आएको छ । पौराणिक कथा अनुसार दानव मात्र नभएर देवताहरू पनि कामवासनाबाट मुक्त छैनन् । कामवासनाकै कारण इन्द्रले गौतम ऋषिको रूप धारणा गरेर अहिल्याको सतित्व हरण गरेको धार्मिक कथा भेटिन्छ । यी सब कामोत्तेजनाबाट प्रभावित उदाहरणहरू हुन् । स्त्री र स्त्रीको सुन्दरता कामोत्तेजनाको प्रमुख श्रोत भएकोले स्त्रीका कारण थुप्रै लडार्इँहरू भएका उदाहरण पनि इतिहासमा भेटिन्छन् । सीताप्रति रावणको कामोत्तेजनाको कारण रामको हातबाट रावणको अन्त भयो । सीताले आफू चोखो छु भनेर प्रमाणित गर्न अग्निपरीक्षा दिन बाध्य भइन् । देवीप्रतिको कामवासनाको कारण शुम्भ र निशुम्भ जस्ता शक्तिशाली दैत्यहरूको संहार भयो ।

जब काम अतृप्त वासनामा परिणत हुन्छ, तब कामका आवेग प्रबल हुन्छ । अनियन्त्रित हुन्छ, भ्रष्ट हुन्छ । त्यतिबेला मानिसले तृप्त हुनको लागि केही पनि बाँकी राख्दैन अथवा कामको इच्छामा बाधा उत्पन्न भयो भने मानिस अत्यन्त क्रोधित हुन्छ । त्यस समयको क्रोध विवेकहिन हुन्छ अनि विवेकहिनताले अपराध जन्माउँछ । त्यतिबेला मानव, मानव रहँदैन, दानव बन्छ । मानिस कुनै किसिमको अपराध गर्न पनि पछि पर्दैन । त्यसैले कतिपय विद्वानहरू भन्नुहुन्छ, ‘काम दुःखको कारण हो । कामप्रति विजय पाउनु वास्तवमा मोक्ष पाउनु हो ।’ त्यसैले कामलाई नरकको एक द्वार भनियो । मानव समाजमा घट्ने अपराधिक घटनाको एउटा कारण कामवासना हो भन्दा फरक नपर्ला । गौतम बुद्धका अनुसार काम मानवको छैठौँ इन्द्रिय हो । सम्पूर्ण इन्द्रियमाथि विजय प्राप्त गर्नु नै वास्तवमा निर्वाण प्राप्त गर्नु हो । सम्पूर्ण दुःखबाट मुक्ति पाउनु हो । मोक्ष प्राप्त गर्नु हो । अतः कामवासना दुःखको कारण हो । यसै सन्दर्भमा इन्द्रदेव, गौतम ऋषि र अहिल्याको पौराणिक कथा प्रस्तुत गर्न चाहन्छु । 

पौराणिक कथा अनुसार एकदिन सृष्टिकर्ता ब्रम्हाले अत्यन्त सुन्दरी अहिल्या नामकी नारीको सृष्टि गर्नुभयो । अहिल्याको सुन्दरता देखेर सबै मानव, दानव, गन्धर्व र देवताहरू समेत मोहित थिए र अहिल्यासँग विवाह गर्न चाहन्थे । ब्रम्हाले जो सबैभन्दा पहिला त्रिलोकको परिक्रमा गर्न सफल हुन्छ, उसैसँग अहिल्याको विवाह गरिदिने घोषणा गरे । ब्रम्हाको घोषणा सुनेर सबै देवता, दानव, गन्धर्वहरू त्रिलोकको परिक्रमाको निम्ति निस्के । इन्द्रदेव पनि आफ्नो सबै शक्ति उपयोग गरेर सबैभन्दा पहिला त्रिलोकको परिक्रममा गरेर अहिल्यासँग विवाहको निम्ति आतुर हुँदै ब्रम्हदेवको सामु उपस्थित भए । नारद आएर इन्द्रदेवभन्दा पहिला गौतम ऋषिले त्रिलोकको परिक्रमा गरेको हुनाले अहिल्याको विवाह गौतम ऋषिसँग हुनुपर्ने कुरा जाहेर गरे । नारदको कुरा सुनेर ब्रम्हदेवले अहिल्याको विवाह गौतम ऋषिसँग गरिदिए । यसले गर्दा इन्ददेवलाई प्रतिशोधको भावना उत्पन्न भयो र उनी कामवासनाको अग्निलाई नियन्त्रण गर्न असमर्थ भए । उनी तृप्तिको लागि मौकाको पर्खाइमा थिए । गौतम ऋषि हरेक दिन प्रातःकालमा गंगा स्नानमा जाने कुरा इन्द्रदेवलाई ज्ञात भयो । इन्द्रदेवले चन्द्रदेवको सहयोगमा तृप्त हुने योजना बनाए । एकदिन मध्यरातमा चन्द्रदेवले भालेको रूप धारणा गरी प्रातःकालको सूचना दिन थाले । भाले बासेको आवाज सुनेर गौतम ऋषि गंगा स्नानको लागि निस्के । त्यही मौका छोपेर इन्द्रदेव गौतम ऋषिको रूप धारण गरेर कुटीभित्र प्रवेश गरे । सुतिरहेकी अहिल्यालाई छल गरेर आफ्नो कामवासना पुरा गरे । आफूमाथि छल भएको कुरा गंगा माताबाट ज्ञात भएपछि गौतम ऋषि शिघ्र कुटीमा फर्के । कुटी अगाडि पहरा दिईरहेको भाले देखेपछि गौतम ऋषि क्रोधित भए र आफ्नो कपडाले भालेलाई हाने । चन्द्रदेव यो दुखाई सहन नसकेर डरले चिच्याएर भागे र गौतम ऋषि शिघ्र कुटीभित्र प्रवेश गरे । कुटीभित्र अहिल्यासँग आफ्नो रूपमा अर्कै पुरुष देखेपछि गौतम ऋषि अत्यन्त क्रोधित भए । इन्द्रदेव गौतम ऋषिको क्रोध देखेर थरथर कामे । उनी आफ्नो वास्तविक रूपमा प्रस्तुत भए । अहिल्यालाई पनि आफूसँग छल भएको ज्ञात भयो र आफूले भूल गरेकोमा क्षमा माग्न थालिन् । गौतम ऋषिले क्रोधित भएर आफ्नो पति र परपुरुषको भेद जान्न नसकेको भनि आजीवन पत्थर होस् भनेर अहिल्यालाई सराप दिए । अहिल्या तत्कालै पत्थर भईन् । उनले इन्द्रदेवलाई एउटा स्त्रीको योनीको लागि, वासनाको लागि यति निच कर्म गर्ने शरीरभर योनि नै योनि होस् भनेर सराप दिए । यसको लगत्तै इन्द्रदेवको शरीर योनिमय भयो ।



तपाइको प्रतिक्रिया दिनुहोस्