शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा

2.1k Shares

काठमाडौं । मुम्बई क्रुज ड्रग्स मामिलामा जेलमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान जमानतमा रिहा भएका छन् । बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा क्रुजबाट उनलाई पक्राउ गरेको थियो । मुम्बई उच्च अदालतले २५ दिनपछि बिहीबार उनलाई जमानतमा हिरासतमुक्त गर्ने आदेश दिएको हो ।

आर्यनले जमानत पाए पनि अझै एकदिन हिरासतमै बस्नुपर्ने छ । उनलाई कुन सर्तमा रिहा गर्ने भन्ने विषयमा बहस हुन बाँकी रहेकाले उनी बिहीबार नै घर जान नपाएका हुन् । लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी मुम्बईको आर्थर जेलमा थिए । यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो । यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए ।

सम्बन्धित समाचार