महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।
उहाँले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले सङ्क्रमणबाट बच्न मास्क लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो । गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट हेर्ने गर्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्डका साथै भारतीयलाई परिचय खुल्ने कागजात र भन्सार तिरेर मात्रै आउन दिइएको जनाएको छ ।
महाकाली यातायात प्रालिले यहाँबाट हरेक दिन नेपाल–भारत मैत्री बस सञ्चालन हुने जनाएको छ । कोरोना सङ्क्रमण फैलिनुअघि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन गरी दैनिक नौवटा बस सञ्चालनमा थिए । लामो समय यातायात सेवा कोरोनाका कारण प्रभावित हुँदा यहाँका यातायात व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्