नेकपा (एस) का राजेन्द्र राई आजबाट प्रदेश–१ को मुख्यमन्त्री बन्दै

2.5k Shares

मोरङ । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई आज आज (मंगलबार) देखि प्रदेश–१ को नयाँ मुख्यमन्त्री बन्दै छन् ।
यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएपछि गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन् ।
सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय तोकेका हुन् ।

सम्बन्धित समाचार