पुनीत राजकुमारका आँखा चारजनामा ट्रान्सप्लान्ट

मुम्बई । हृदयघातबाट गत अक्टोबर १९ मा निधन भएका कन्नड सुपरस्टार पुनीत राजकुमारको आँखा चार बिरारीमा ट्रान्सप्लान्ट गरिएको छ । जिम गर्दा हृदयघात भएका यी अभिनेताको आँखा तीन पुरुष र एक महिला बिरामीमा ट्रान्सप्लान्ट गरेको हो ।

नियमको कारण देखाउदै अस्पतालले विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । पावर स्टार पुनीत राजकुमारको नेत्रदानको फैसलाप्रति अस्पतालले आभारी जनाएको छ । आम रुपमा एक मृतक व्यक्तिको दुई कोर्नियाबाट दुई नेत्रहिन रोगीहरुले ज्योति पाउछन् । तर पुनीतको मामलामा चार व्यक्तिले यसको लाभ लिएका छन् । नयाँ प्रविधिको प्रयोग गर्दै डाक्टरको टिमले पुनीतको आँखाको दुई कार्नियाजलाई चार हिस्सामा बाँडेर चार बिरामीमा ट्रान्सप्लान्ट गरेका हुन् ।

पुनीत राजकुमारको निधनपछि कर्नाटक सरकारले कर्नाटकभर हाई अलर्ट घोषणा गरेको थियो । उनको निधनको शोकमा कैयौं फ्यानले आत्महत्यासमेत गरेका थिए । उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्